नियम २६
अन्तर्वार्ता र अन्य चरणको परीक्षामा समावेश गराइने
(१) ऐनको दफा ३४ तथा नियम २४ बमोजिम प्रकाशित नतिजामा नाम समावेश भएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ता र आयोगले तोकेको अन्य विभिन्न चरणको परीक्षामा समावेश गराइनेछ ।
(२) लिखित परीक्षा र प्रयोगात्मक परीक्षा समेत हुनेमा लिखित परीक्षाबाट छनौट हुने उम्मेदवारलाई मात्र प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामा समावेश गराइनेछ ।